रामेछाप । फागुन १५ गते,कैलाश खत्री,
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा अाँखा शिविरमा आएका विरामीहरुलाई भेटेर मन्त्री ढुंगेलले यस्तो बताएका हुन् । संविधानसभाका पूर्व सभासद तारानाराण श्रेष्ठ सहित अस्पताल पुगेका मन्त्री ढुंगेलले वर्तमान सरकार सवै नागरिकहरुलाई स्वास्थ्य सेवा दिन प्रतिवद्ध रहेको बताए । यसैलाई मधयनजर गरी प्रदेश नम्बर ३ सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनको भनाई छ । 
उनले स्वास्थ्यका लागि पुर्वधार निर्माण व्यवस्थापन र स्वास्थ्य कर्मीहरुलाई सवै नागरिकहरुको घरदैलोमा पुर्याउने गरी आगामी बजेट मार्फत निति तथा कार्यक्रममा ल्याउने बताए । रामेछापका विभिन्न स्थानबाट आएर अाँखाको मोतियाविन्दु शल्यक्रिया गरेका नागरिकहरुलाई भेट गरी मन्त्री ढुंगेलले सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । तामामकोशी सहकारी अस्पतालले रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै बेलाबेलामा संचालन गर्ने स्वास्थ्य शिविरले नागरिकहरुलाई स्वास्थ्य क्षेत्रमा फाइदा पुगेको बताए ।
मन्त्री ढुंगेललाई तामाकोशी सहकारी अस्पतालका डाक्टर केशव सिंह धामी , रामेछाप सामुदायिक अाँखा केन्द्रका प्रमुख बासुदेव अधिकारीले आाखा शिविरका बारेमा जानकारी गराएका थिए । रामेछाप सामुदायिक अाँखा केन्द्र मन्थली र तीलगंगा अाँखा केन्द्र गौसला काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको अाँखाको मोतियाविन्दु शल्यक्रिया शिविरमा ४५ जना मोतियान्दिु भएका व्यक्तिहरुको सफल शल्यक्रिया गरिएको छ । शिविरमा तिलगंगा अाँखा अस्पतालका डाक्टर किसोर राज प्रधान नेतृत्वको टिमले मोतियाविन्दुको शल्यक्रिया गरेका हुन् । शिविर तामाकोशी सहकारी अस्पताल मन्थली र मन्थली बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा भएको हो । अाँखाको सफल शल्यक्रिया भएपछि विरामीहरुले नयाँ संसार देखेको भन्दै खुशी व्यक्त गरेको रामेछाप सामुदायिक अँखा केन्द्रका प्रमुख बासुदेब अधिकारीले जानकारी दिए ।
वर्तमान सरकार सवै नागरिकहरुलाई स्वास्थ्य सेवा दिन प्रतिवद्ध छ : मन्त्री ढुंगेल
- प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
- तामाकोशी