“दुख” नै मेरो जीवन साथी हो “सुख” त केवल पाहुना हो मेरो लागि – सिमरोन भट्ट

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ७ २०७५
  • तामाकोशी

अघि पछि कोही छैन जिन्दगीको बाटोमा
नदीको दुई किनारा झै छुटिएको मान्छे !!

हाँसो खुसी माया छेक्छ निराशाको बादलले
जन्मदैमा भाग्य हजुर फुटिएको मान्छे !!



अजम्बरी त् कोहि छैन ? कतिबेला दियो झैँ चम्किन्छ अनि निभ्छ मलाई त् यो जीवनको भर छैन ! मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ । जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं । हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जाल झेल र पाप कर्मबाट बँच्न जरुरी छ । फूलको आँखाले संसार नियाल्नु जरुरी छ । हुन् त् सोचेको त् यहाँ कसको भएको छर न मेरो भएको छ न अरु कसैको बस एक धारमा बगेको छ जीवन !तर मैले अझै सकेको छैन जीवनको त्यो सफल मोडमा उक्लिन !

समय आफ्नै गतिमा चलिरहेको छ मेरो रफ्तार मेरो जिन्दगीको तेहि समय को पछी पछि बेसुर अनि बेताल मा एककोहोरो चलिरहेको जस्तो लागिरहेछ ।म बेहोसमाछु यात होसमा के मा छु मलाई थाहा छैन याहा के मत्लब बेहोस अनि होसको यो स्वार्थी जिन्दगी ।मन भित्र गुम्सीयका तिता अनि सत्य यथार्थ हरु चलचित्र को पर्दा माझै एक पछी अर्को गर्दै मेरो मन को पर्दा मा एका एक आउछन् ।म थाम्न सक्दैन यो अत भुत सक्ती मेरो मनले नकार्न पनि सक्दैन । तेसैले भन्दै छु म मेरो एउटा जिबनको कथा,यहाँ मेरो लागि हैन आफ्नो लागि गर्ने भेटाएको छु । तर मेरो मनमा त्यो पाप कहिले पलाएन म मेरो लागि गर्छु र उसको आत्मा मार्छु । बिबेक हराईसकेको यो सागुरो बस्ति भित्र छु म ,जहाँ हत्या हिँसा र बलत्कारको सिकार भएका छन् कति नारि,अनि ति बुढी आमा ! म मेरो जीवनको असफलता हेरेर म कमजोर महसुस त् गर्छु तर आट ममा मरेको छैन म हार्दीन पनि ?

मलाइ लाग्छ हावासँग उडेको आत्मा जीवन के हो कस्लाई के थाहा जीवन एउटा कथा रहेछ । सुख पछि दुःख दुःख पछि सुख , हाँसो पछि आँशु आँसु पछिको हाँसोको एउटै सामीप्यता अनि मीलन पछि विछोड विछोड पछि मीलन यसरी समयले छल गर्दै गर्दै सेकेन्ड मीनेट घण्टा दिन महिना र बर्ष गरी समयले नेटो काटीरहेको थियो । अनि म पनि त्यही समयलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको थिय । अब त मेरो मन भित्र हरेक कुराहरुको भण्डार भए झै लागीरहेको थियो ।

वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ । मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । म अन्धा भक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले त जिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ । सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्, जितेका छन् ।

अबत मलाई यस्तो लाग्न थालीसकेको थियो मेरो भाबना र समिक्षाको चाहनापनि धेरै नजिक हुँदै आईरहेको छ । हुने हुनामी तारेर तर्दैन दैबले खेलाएको खेल र भावीले बनाएको जाल जे हुनु छ त्यो त अबश्य हुन्छ भनेझै लागथ्यो । सुनेको थिए मैले देख्खेको हैन लेखखेको चाहीन्छ सायद मेरो भाग्यमा भाबिले माया लेख्खीदिएको छैन रहेछ क्यारे र त मैले सिमरनलाई पाउँन सकिन्न । सोचे जस्तो किन हुनथ्यो , देख्खेको सबै चिज काँहा पाईनथ्यो र लेख्खेको चाहीदोरहेछ । मेरो मनको तर्कसँग प्रसंग मिल्छ मिल्दैन तर मलाई सोच्न बिबश र बाध्य बनाउँछ । मनले सोचेजस्तो र खोजे जस्तो कहाँ हुन्छ र ?
म हरेक समस्यासंग जुधेकी छु जुध्न नि सक्छु हार भन्ने शब्द मबाट कहिले आउदैन । जीवन हार जितको मैदान हो म जित्छु भन्दाभन्दै पनि हारेछु भने पनि म हरेस खादिन । म मेरो पेशामा जहिले लागिरहेकि छु । म अनेक समस्याका बाबजुद यो क्षेत्रमा लागि रहेकी छु । म मेरो घर परिवारको जीवनस्तर अलि माथि उठेको छ । मैले यति दुख गरेकी छु ,संघर्ष गरेकी छु र यति पसिना बगाएकी छु कि त्यो अरुलाई थाहा नहुन पनि सक्छ म थाहा दिदैंन पनि दिन्छु त् केवल हासो र मैले सिकेको नासो । त्यसैले मेरो परिवारका सवैजना खुसी हुनुहुन्छ । हातमा सीप छ हिजो मलार्ई कसैले चिन्दैनथे, अहिले व्यूटीसियन भनेर चिन्छन् । मेरो परिवारको ईज्जत बढेको छ ।

पढेर पनि नसिकेका कुरा सिनु नि पर्दो रहेछ तर हातमा सीप छैन भनें पढेर मात्र हुन्न । हातमा सीप छ भनें जहाँसुकै गएर पनि जीविकोपार्र्जन गर्न सकिन्छ । मभित्र यति धेरै सोचाइ आउँछन् कि ती सोचाइलाई व्यवस्थापन गर्न वेलाबखत गाह्रो हुन्छ । र, म परिवारसँग असाध्यै रमाउने मान्छे हुँ । सीप सिकेको थिएन भनें सायद यतिबेला म गाउँमै हुन्थें होला । त्यो अवस्थाका जीवन म कल्पना पनि गर्न सक्दिन । ओहो, सीप सिकेको थिएन भनें मेरो जीवन कस्तोे हुन्थ्यो होला है ? जीवन कठिन यात्रा हो । भगवानले हामीलाई माया गर्नुहुन्छ । हामी मानव जाति उहाँकै वरदान हौं । सुखी हुदा मात्तिने नहुदा आत्तिने गर्नु हुदैन । मेरो घमण्ड हैन मेरो दुख ,सुख र पिडामा राखेर अरुलाई हेर्ने गर्छु सायद सवै मा जस्तै त् छन् कि ? वास्तवमा दुख नै मेरो जीवन साथी हो सुख त केवल पाहुना हो मेरो लागि …..