दोरम्बामा खोप ऐन नियमावली र खोप पछि हुनसक्ने अवान्छित घटना बारे अभिमुखीकरण

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३ २०७५
  • तामाकोशी

रामेछाप । फागुन ३ गते,
रामेछापको दोरम्बा गाउँपालिका अन्तर्गत विभिन्न संस्थामा कार्यरत स्वस्थ्यचोैकी इन्चार्जका लागि खोप ऐन नियमावली र खोप पछि हुनसक्ने अवान्छित घटनाको बारेमा अभिमुखीकरण कार्यक्रम शुक्रबार दोरम्बाको टोकरपुरमा सम्पन्न भएको छ । दोरम्बा गाउँपालिकाको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको जानकारी दिए । उनले विनियोजित बजेटलाई वडा कार्यालयले सहिरुपमा खर्चगर्नु पर्नेमा जोड दिए । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका मेडिकल सुपरिटेन्डेड डा. पुष्पलाल अधिकारीले खोप पछि हुनसक्ने अवान्छित गतिविधिको बारेमा जानकारी दिए । उनले खोपको बेलामा स्वस्थ्यकर्मीले आधारभूत कुरामा ध्यान दिने हो भने धेरै घटनाहरुबाट बच्न सकिने बताए । कार्यक्रममा खोप सुपरभाइजर विन्दा बराल,दोरम्बा गाउँपालिकाकी स्वास्थ्यकर्मी चिनीमाया बल लगायतले स्वास्थ्य सम्बन्धी कानुनको बारेमा बोलेका थिए । कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्य चौकीका इन्चार्ज,स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।