प्रगतिशिल लेखक संघ रामेछापको जिल्ला अधिबेशन फाल्गुन २५ गते हुने

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३ २०७५
  • तामाकोशी

रामेछाप, फाल्गुन ३ गते ।
प्रगतिशिल लेखक संघ रामेछापको जिल्ला अधिबेशन फाल्गुन २५ गते रामेछाप सदरमुकाम मन्थलीमा हुने भएको छ । शुक्रबार मन्थलीमा प्रगतिशिल लेखकहरुको भेलाको आयोजना गरी सो निर्णय गरेको हो ।
जिल्ला अधिबेशनको लागि विनोद सुबेदीको संयोजकत्वमा नयाँ आयोजक समिति समेत चयन गरेको छ । निष्कृय अबस्थामा रहेको जिल्ला समितिलाई पुन ब्युताउने उलेश्यले केन्द्रिय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यतामा भेलाको आयोजना भएको थियो । धनलाल योञ्जन सहसंयोजक रहेको समितिमा रमेशकुमार बस्नेत, युनिक विफा घिसिङ, झम्क कंडेल, प्रकाश न्यौपाने सदस्य रहेका छन् । यस्तै अन्य सदस्यहरुमा कैलाश खत्री, सुनिता श्रेष्ठ, विजय पोखरेल, अम्बिका गजुरेल अनुप, सुमित श्रेष्ठ, शसिराज भट्टराई र पुस्कर भट्टराई रहेका छन् ।
उक्त नयाँ समितिले प्रगतिशिल लेखक संघको जिल्ला अधिबेशनको लागि आबश्यक ब्यवस्थापन गर्नेछन् । शुक्रबारको भेलामा जिल्ला समन्वय समिति प्रमुख प्रेम बहादुर खड्का, पुर्वसभासद तारानारायण श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, नेकपाका जिल्ला सचिव आनन्द श्रेष्ठ, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज गणेश खड्गी, पुर्व प्रशासक बेद बहादुर कार्की लगाएतको सहभागि रहेको थियो ।