दु:खद खबर !क्यान्सर पीडित मनीषाको निधन – चल्यो रुवाबासी

  • प्रकाशित मिति: मंगलबार, माघ २९ २०७५
  • तामाकोशी

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको मंगलबार निधन भएको छ। उपेन्द्रका छोरा अमरेन्द्रकी पत्नी मनिषा बोन क्यान्सरबाट पीडित थिइन्। उनको भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो।

२८ वर्षीया मनिषाका २ वर्षकी छोरी छन्।



‘मंगलबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको’ उप प्रधानमन्त्री यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने।

तीन वर्षअघि अमरेन्द्र र मनिषाको विवाह भएको थियो। भारतको दिल्लीको एम्स अस्पतालमा डेढ वर्ष उपचार गरिएको थियो।

‘पछिल्लो तीन दिनदेखि फेरि स्वास्थ्यमा समस्या देखिएपछि भक्तपुर अस्पतालमा भर्ना गरिएको थियो,’ चौरसियाले भने, ‘मंगलबार दिउँसो उहाँको निधन भयो।’