तातो दुधमा डुबेका बालक दैवले बचाए ! हेर्नुहोस यी बालकको दर्दनाक अवस्था (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, माघ २४ २०७५
  • तामाकोशी

ताप्लेजुङ्गमा घर भएका रायन लिम्बु दुई वर्षीय बालक हुन्। उनको शरीर तातो दुधले पोलेर हाल सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनलाई बचाउन जाँदा उनको आमा रन्जना लिम्बुको समेत औला जलेको छ। घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण रन्जना लिम्बुलाई अहिले आफ्नो दुधे बालकको उपचारको लागि हम्मे हम्मे परेको छ।

रन्जनाको अनुसार, विहानी ६ बजे तिर दुध तताएर उनी बाहिर जाँदा बामे सर्ने रायन भान्छामा राखिएको पिर्कामा अल्झिएर दुधको कुडेमा परि एक्कासी चिच्चाए। त्यही सुनेर सबै भान्छामा पुग्दा कुडेमा परिरहेका रहेछन रायन। उनको हात देखि खुट्टा समेत जलेको छ। उनी भन्छिन, ‘म हतारिएर बाबुलाई समाए र मेरो पनि ४ वोटा औला पोल्यो। हाम्रो घरतिर बस त्यति पाउदैन अस्पतालसम्म पुग्नको लागि तत्काल गाडी भेटेनौ।’ पहिला रन्जनाका परिवारले स्वास्थ्य चौकी लगे र त्यहाँ नभएर विर्तामोडको अस्पताल लगियो। त्यहाँ केहि दिन उपचार पछि घाउ निको पार्न डाक्टरले काठमाडौँको सुश्मा कोइराला मेमोरियल अस्पतालमा लान सुझाब दिए। ‘बाबु बाँचदैनथ्यो, भाग्यले बाँचेको हो’ तातो दुधमा डुबेका बालक यसरी बाँचे…हेर्नुहोस्
भिडियो…