एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

  • प्रकाशित मिति: बुधबार, माघ २३ २०७५
  • तामाकोशी

डोटी लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुव्र्यवहार गरेको भन्ने उजुरी परेको छ । दुव्र्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

पीडित पक्षको जाहेरीका आधारमा निजमाथि छानबिन गरी सोही अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने ५१ वर्षीय शिक्षकको नाम भने गोप्य राखेको छ ।