यौनकाण्ड : एक किशोरीलाई ७ जना युवक मिलेर यौन दुब्र्यबहार गरेको भिडियो बनाइयो, जुन भिडियो संसार हल्लायो

  • प्रकाशित मिति: मंगलबार, माघ २२ २०७५
  • तामाकोशी

एजेन्सी। ७ जना युवाहरु मिलेर एक किशोरीलाई यौन दुब्र्यबहार गरिएको भिडियो भाइरल बनिरहेको छ । भारतको बिहारको जहाँनाबाद जिल्लाको गाउँको हो । शनिबार रातीदेखि यो भिडियोले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ । यो मुद्दामा ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जहाँनाबाद नगर थानामा मुद्दा दर्ता गरिएको छ । यहाँका एसपी मनीष कुमारका अनुसार भिडियोको आधारमा आरोपीहरुको खोजी जारी छ ।

अहिलेसम्म पीडित किशोरीले कहीँ उजुरी दर्ता नगरेपनि उनका पक्षमा विश्वभरबाट उनको सहानुभूती गरिएको छ । यो भिडियोले संसारभरका अधिकारकर्मीको ध्यानाकर्षण गरेको छ । सबैजसो अन्तर्राष्ट्रिय मिडियाले यो समाचारलाई प्रमुखताका साथ छापेका छन् ।



यो घटनाका विषयमा भारतको संसदमा समेत कुरा उठेको छ । बिहारमा सक्रिय पार्टी राष्ट्रिय जनता दलका नेता शक्ति यादवले बिहारमा अपराधी निडर भइसकेको भन्दै बिहारमा कानुनी राज्य सकिएको बताएका छन् । अमानवीयकार्य गर्नेलाई तत्काल कारवाही गर्न चौतर्फी दबाब आइरहेको छ ।