निर्मला पन्त जस्ता हजारौ नारिको बलत्कार पछी हत्या हुनसक्छ – सरकार चनाखो हुनुपर्छ : जमुना शेर्पाली ,(भिडियो)

  • प्रकाशित मिति: आइतबार, माघ २० २०७५
  • तामाकोशी

काठमाडौं-सर्जक तथा संगीतकार कमल पौडेलको प्रस्तुतिमा गायक अमीत बाबू रोकाय, अर्जुन भुसाल,खेमराज रेग्मी, इन्द्र शुशिल बन्जाडे, र जमुना श्रेपालीको स्वरमा नयाँ देशभक्ति गाउँ-समाज तथा देश भित्र घटेका यथार्थ घटनाक्रमलाई उल्लेख गरि बलात्कार पछी हत्या गरिएकी निर्मला पन्त जस्ता कयौ पीडकको भावलाई टपक्क टिपेर बनाएको गित “सुन नेता सुन”को म्युजिक भिडियो गायक तथा सर्जक अमित बाबु पुनको अफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । यो गीतको लय तथा शब्द कमल पौडेलले लेखेका हुन् ।

पछीलो समय नेपालि समाजमा दिन प्रतिदिन घटेका यस्ता दर्दनाक घटना र घटिसकेका घटनालाई र सोहि घटनाका दोषीलाई राज्याले खोल ओडाएर बसेकोले सरकारलाई कलाकारले चेतावनी दिएका छन् । यो गीत मनोरञ्जनका लागि मात्रै नभएर जनचेतनाको लागी जनता सतर्कता र सरकारलाई सांगीतिक दबाब दिनको लागि यो गित सार्वजनिक भएको छ । ताकी यस्ता घटना हाम्रो समाजमा न घटोस र घटिहाले पनि पिडित तथा पीडक परिवारले न्याय पाउनुपर्छ  । निर्मला पन्त जस्ता हजारौ नारिको बलत्कार पछी हत्या हुनसक्छ – सरकार चनाखो हुनुपर्छ : भन्नु हुन्छ यस गीतकी गायिका  – जमुना शेर्पाली ।



यस म्युजिक भिडियोलाई राजेश बिसीले छायांकन गरेका हुन् भने राजकुमार पुनले भिडियो सम्पादन गरेका हुन् । आशा छ यो गीतले पनि बिगतका गीत झैँ चर्चाको सिखरमा पुग्ने छ । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :