गायनमा आधारित लोकप्रिय रियालिटी सो नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी अस्ट्रेलिया पुगेका छन् । कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् ।नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीतसंगीत प्रस्तुत गरेर साथ दिनेछन् ।
कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम छ । नेपाल आइडल–२ एपी वान टेलिभिजनको लोकप्रिय रियालिटी सो हो । भोली एक सांगितिक कार्यक्रममा सहभागी हुने जनाइएको छ । कार्यक्रम सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने्छिन् ।