हाम्रो घरमा निर्मलाको हत्या भएकै होइन-तथ्या प्रमाण ल्याएर हामीलाई कारबाही गर्नुहोस -वम दिदीबहिनी (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, माघ १० २०७५
  • तामाकोशी

निर्मला पन्तको हत्या आरोपमा सम्लग्न भनिएका रोस्नी बम र बबिता बम सुरक्षा को माग गर्दै काठमाडौ पुगेका छ्न । निर्मला पन्तको हत्यामा आफुहरुको चरित्र हत्या गरेको र छानबिन आयोगले प्रतिबेदन तयार गर्दा आफुहरु र आफ्ना कोहि छिमेकीहरु सग सोधपुछ नगरी हल्लाका भरमा प्रतिबेदन तयार गरेर दोसि देखाइएको आरोप लगाएका छन ।

सुरुमा पन्तको हत्यामा बम दिदी बैनी को हात हुन सक्ने भन्दै आन्दोलनमा उत्रिएकि सावित्री सुवेदीले नै बम दिदी बैनीलाई काठमाडौ झिकाएर अहिले बम दिदी बैनी को चरित्र हत्या गर्ने गरि तयार गरिएको प्रतिबेदन डलर धन्दा चलाउनेहरुको मासु र दारुका भरमा आएको आरोप लगाउदै बम दिदी बैनी निर्दोष भएको बताएकी छ्न भने रोसनी बम र बबिता बमले एस पि बिष्टको छोराको बर्थडे पार्टी मा आफुहरु गएको , प्रमाण नस्ट गरेको लगायत का सबै आरोपको खण्डन गर्दै एस पि बिस्ट सग आफ्नो कुनै चीन जान र हिम चिम नभएको बताएका छ्न ।