रामेछापको गागलमा जेष्ठ नागरिक स्वास्थ्य शिविर

  • प्रकाशित मिति: मंगलबार, माघ ८ २०७५
  • तामाकोशी

रामेछाप । माघ ८ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ गागलमा दुईदिने जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको शिविमा ४ सय १ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख ओम पकाश श्रेष्ठले जानकारी दिए । जेष्ठ नागरिकहरुमा विभिन्न खालका स्वास्थ्य समस्या आइरहने भएकाले त्यसैलार्य मध्यनजर गरी शिविर संचालन गरिएको उनको भनाई छ । सो गाउँपालिकाले गाउँपालिकाका सबै वडामा टोलटोलमा गई जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरि रहेको छ ।