बिष्णु माझी जस्तै यी ४ अनुहार जो कहिल्यै मिडियामा आउन चाहेनन् उल्टो मिडियालाई धम्कि दिन्छन (हेर्नुहोस भिडियो को को छन)

  • प्रकाशित मिति: शनिबार, पुष २८ २०७५
  • तामाकोशी

मान्छेको स्वभाव अनेक खालका हुन्छन् । कोही चर्चामा आउन अनेक नाटक गर्छन् कोही भने चर्चा त के सञ्चारमाध्यमसँग बोल्न समेत चाहदैनन् । मानौ पत्रकार र क्यामेरा उनीहरुका लागि विष नै हो । यसरी गुमनाम रहनु कतिपयका लागि रहर हुन सक्छ त कतिपयका लागि वाध्यता । सार्वजनिक नहुनुको तात्पर्य उनीहरु घरमै नजरवन्दीका रुपमा रहेका छन् भन्ने पनि होईन । उनीहरु आफ्नो दैनिक क्रियाकलापमा नियमित सहभागिता जनाउँछन् । देश विदेशको यात्रादेखि आफन्त भेटघाटका कार्यक्रमहरुमा समेत सामेल हन्छन् तर सञ्चारमाध्यममा आउन चाहदैनन् ।

आज हामी केही त्यस्ता व्यक्तिका बारेमा चर्चा गर्दैछौ जसलाई धेरैले खोजिरहेका छन् तर उनीहरु खुलेर सार्वजनिक हुन चाहदैनन् ।