दोलखामा ७१ करोड ४२ लाख लागतमा १२ वटा विद्यालय निर्माण हुदै

  • प्रकाशित मिति: शनिबार, पुष २८ २०७५
  • तामाकोशी

दोलखा, पौष २८ गते ।
दोलखामा ७१ करोड ४२ लाख लागतमा १२ वटा विद्यालय निर्माण हुने भएको छ । ७१ करोड ४२ लाख १४ हजार २ सय १६ रुपैयाँमा जिल्लाका १२ वटा विद्यालय निर्माण हुने भएको हो । एसियाली विकास बैँकको ऋण सहयोगमा डिजास्टर रेजिलेन्स अफ स्कुल प्रोजेक्ट (डिआर एसपी) प्रथम चरणमा मेलुङ गाउँपालिकाका ४ वटा, तामाकोशी गाउँपालिका र भीमेश्वर नगरपालिकाका दुई-दुई तथा जिरी नगरपालिका, विगु र शैलुङ गाउँपालिकाका एक-एक गरि १२ वटा विद्यालय निर्माणका लागि सम्झौता भएको छ ।

सम्झौता अनुसार मेलुङ गाउँपालिका ७ विरौटास्थित आजादी मावि ४ करोड ३ लाख ३३ हजार ८ सय ७३ रुपैयाँ लागतमा बन्ने भएको छ भने मेलुङ ७ तिनपिप्लेस्थित भिमेन्द्र आधारभुत विद्यालयका लागि ४ करोड ४९ लाख ७६ हजार ७ सय ३८, मेलुङ ४ को भिम माविका लागि ७ करोड ११ लाख ४२ हजार ७ सय ७८ रुपैयाँ र वडा नम्वर ३ मानेस्थित भूमेस्थान माविका लागि ५ करोड ६४ लाख ४९ हजार ५ सय ७० रुपैयाँ बजेट छुट्याईएको छ ।



मेलुङ गाउँपालिकाका ४, तामाकोशी गाउँपालिका र भीमेश्वर नगरपालिकाका २-२ तथा जिरी नगरपालिका, विगु र शैलुङ गाउँपालिकाका १-१ गरि १२ वटा विद्यालय निर्माणका लागि सम्झौता भएको छ ।

त्यसमध्य मेलुङ गाउँपालिका ४ को भिम मावि सबैभन्दा बढि ७ करोड ११ लाख लागतमा निर्माण हुने भएको छ भने कुटीडाँडा माविको भवन ६ करोड १२ लाख, गौरीशंकर मावि लागि ५ करोड ८० लाख लागतमा बन्ने भएको छ ।

भिनपा ७ मकैबारीस्थित कुटीडाँडा माविको भवन ६ करोड १२ लाख ८० हजार ५ सय ८९ र माटिस्थित महेन्द्रोदय मावि ५ करोड ५२ लाख २९ हजार १ सय ९७ रुपैयाँ लागतमा निर्माण हुने आयोजना कार्यान्वयन ईकाई शिक्षाले जनाएको छ । शिक्षाका अनुसार तामाकोशी गाउँपालिका ४ च्यामास्थित महेन्द्र माविको भवन निर्माणका लागि ६ करोड १९ लाख २८ हजार ४ सय ३६ रुपैयाँ र वडा नम्वर ७ सहरेस्थित शंखेश्वर आधारभूत विद्यालयका लागि ५ करोड २५ लाख ७ हजार ६ रुपैयाँ बजेट छुट्टयाईएको छ ।

यसैगरी, जिरी नगरपालिका २ एलुङस्थित बौद्धभूवनेश्वरी मावि ४ करोड २१ लाख ६५ हजार ३ सय १३ रुपैयाँ लागतमा बन्ने भएको छ भने शैलुङ गाउँपालिका ७ साउँतेस्थित भद्रेश्वर आधारभुत विद्यालय भवन ४ करोड ११ लाख ९२ हजार ९ सय ९८ रुपैयाँ लागतमा निर्माण हुने भएको छ । विगु गाउँपालिका ७ को गौरीशंकर माविका लागि ५ करोड ८० लाख ५५ हजार १ सय ९२ र कालिञ्चोक ८ मलेपुस्थित ताम्रकौशिका आधारभूत विद्यालय निर्माणका लागि ४ करोड ६७ लाख ८६ हजार २ सय ३० रुपैयाँ बजेट छुट्टयाईएको शिक्षाले जनाएको छ ।

१२ वटै भवन १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने गरि एमरएस शर्मा स्वच्छन्द–खानी जेभीसँग पौष ८ गते नै ठेक्का सम्झौता भएको छ ।

एडिविको ऋण सहयोगमा बन्ने १२ वटै विद्यालयका व्यवस्थापन समिति र केन्द्रीय आयोजना कार्यान्वयन ईकाई, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाबीच ८ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । १२ वटै भवन १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने गरि एमरएस शर्मा स्वच्छन्द–खानी जेभीसँग पौष ८ गते नै ठेक्का सम्झौता भएको जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षाका प्रमुख देवकुमार बरालले जानकारी दिनुभयो । १२ वटै विद्यालय भवन विद्यालयहरुले कार्य सुचारु गर्नका लागि साईट क्लियर गराए लगत्तै सुरु हुने जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाले जनाएको छ ।

साभारः इ-दोलखाबाट