यो कुनै चलिचित्रको कथा हुन सक्छ, उपन्यासमा पढिएको हुन सक्छ । नाटक हेरिएको हुन सक्छ । बेचिएका युवतीहरुको वेदनाका कथा । एउटा आँसुमा डुबेको जिन्दगीको ब्यथा । एउटा नरकीय जीवन विताउन बाध्य चेलीहरुको पिंडा । तर किशोरी अवस्थामा बेचिएकी यी चेलीको कथा दर्दनाक पात्रको भन्दा कम छैन् । आफ्नै आँगनवाट बेचिएकी अनु लामा (नाम परिवर्तन) कथा यस्तो छ । उनी त्यतिबेला म चौध बर्षको थिएँ । घरमा बिहान बेलुका भरपेट खान पनि पुग्दैनथ्यो । असाध्यै गरिब भएकाले पढ्न पनि पाईंनन् उनले । एकदिन हाम्रो गाउँका काँईलासँग भेट भयो उनको अनि सुरु भो नारकीय जिवन । ‘घरमा दुख गरेर केही हुदैँन् ।
म विदेशमा राम्रो जागिर मिलाईदिन्छु’ भनेर फकायो उस्ले उनी फकिईन् पनि । तैपनि मैले मानिन् । आफ्नो गाउँघर र बा आमा छाडेर मलाई कतै जान मन थिएन । उसले भनेको थ्यो, घरको काम हो, बच्चा हर्ने खाना पकाउने । पैसा पनि राम्रो कमाई हुन्छ । घरमा बा आमालाई पनि फकाएछ । घरमा आमा बा पनि उसको कुरा पत्याउन बाध्य भए । गरीवीबाट गुज्रेको परिवारमा जागिर पाए राम्रै होला भन्ने सोचे ।
मेरो पासपार्ट बनाउन लगाए, अर्कैको नागरिकतामा मेरो फोटो टाँसेर पासपार्ट भनेर देखायो । अहिले पो वुझ्दैछु, त्यतिबेला मेरो नागरिकता बनाउने बेला नै भएको रहेनछ । फेरी भारत जान पासपोर्ट पो कहाँ चाहिदो रहेछन र ? मलाई तिनिहरुले जसरी भए पनि लैजाने निश्चित भएपछि म २०६४ साल माघ ५ गते भागेर मामाको घरमा गएँ । जाडो महिना, जिउँमा राम्रो लुगा पनि थिएन । त्यतिकैमा काँइलाको छोरा बच्चु मलाई लिन मामाकै घरमा पुगेछ ।
मैले जान्न भनेर धेरै रोईकराई गरें । तर भिसा लागिसकेको छ भनेर जवरजस्ती काठमाण्डौं लिएर गयो । काठमाण्डौको एउटा होटलमा राख्यो । अनि भोलीपल्ट बिहान चियामा बेहोश हुने औषधी खुवाएछ । म बेहोश भएँ । होश खुल्दा त रेल भित्र पो रहेछु । मैले मलाई कता लिएर हिडेको भनेर सोधें । उनीहरुले चुप लागेर बस्, भनेर थर्काए । रेलवाट सिधै मलाई आग्राको एउटा कस्केटिक पसलमा लगेर राखे ।
बाहिर कस्मेटिक पसल रहेछ, भित्र कोठी । कोठीमा लगेर थुन्यो । ‘अब चुईक्क नबोल । जे काम गर्न आउछन्, खुरुखूरु गर’ भन्यो । मैले मानिन। त्यसपछि ज्यादै कुट्यो । सहनै नसकेपछि मैले गाउँमा काईलालाई फोन गरें । उसले पनि ‘जे हुनु छ भै हाल्यो, चुप लागेर बस’ भन्यो । मेरो होश हबाश नै उड्यो । म त्यो साँझ जिन्दगीमा कहिल्यै विर्सन सक्दिंन । कोठी, जहाँ तीन चार वटा बेड रहेछ । वरिपरी चारैतिर पर्दाले घेरेको ।
मलाई त्यही भित्र थुन्यो । एकछिन पछि एउटा काले धम्मरधुस बुढो मान्छे आएर मलाई सुम्सुम्याउन थाल्यो । म डरले नीलोकालो भए । उसले जवरजस्ती मलाई बेडमा लडायो । सबै कपडा खोलेर नाङ्गो बनायो । म त्यो बाघ जस्तो मान्छेको अगाडि केही गर्न सक्दैनथें । धेरै रगत बग्यो ।
म त मरे जस्तै भएँ । धेरै लामो समयपछि होश खुल्यो । हतार हतार कपाडा लागाएर भाग्न खोजे । गेटमा बजिरसिङ ढिडो पकाउने दावीलो लिएर वसेको रहेछ । उसले त्यही माथि झन् धेरै कुट्यो ।
दावीलोले पनि हान्यो, लात्तीले पनि हान्यो । र भन्यो, ‘आज त एक जना मात्रै हो । भोली देखि दिनमा १०, १५ जनासँग संभोग गर्नु पर्ने निर्देशन समेत दिए । आज पहिलो पल्ट भएर मर्छेस् भनेर मात्रै यती थोरै रे।’ अनि म कति रोएँ होला, कति चिच्याए होला, म अहिले भन्नै सक्दिँन । अहिले सम्झदा पनि आङ जिरिङ्ग भएर आउछ । मन थम्नै सक्दिन्, । अरु दिन १०, १५ जनाले गर्थे । आईतबार त २० भन्दा बढीले आफ्नो शरीरसँग खेल्ने गर्थे ।
बिरामी पनि भन्न पाईदैनथ्यो । खाना खाँदाखाँदै पनि कोही आयो भने गाँस छोडेर जानु पर्थो । एकैछिन ढिला भयो भने बुटैबुटले कुट्ने गर्थो । फेरि खाना पनि सम्झदै घिन लाग्ने । अहिले सम्झदा पनि वाक वाक लाग्छ ।’ भारती र अन्य देशका मान्छे भन्दा नेपाली मान्छे झन् बढी क्रुर हुन्थे । सानो केही भैहाले पनि घरवालीलाई कमेन्ट गरिहाल्थे । अनि घरवालीले कति यातना दिन्थी भन्ने कुरा त भनि साध्यै छैन् ।
चुरोटको ठूटाले पोल्ने देखि आफूले सक्ने जति कुट्थी । रोयो करायो भने झन् कुट्थी । बरु भारतीहरु भने धेरथोरै माया पनि गर्थे । कोही कोहीले त टिप्स पनि दिन्थे । यस्तै यस्तैमा एक दिन पुलिसले कोठीमा छापा मार्यो । जेलमा लगेर कोच्यो । हामीलाई त त्यो कोठी भन्दा जेल निक्कै ठिक थियो । एक दिन बजिरले डेढ लाख दिएर जेलवाट निकाल्यो । फेरि सुरु भयो, उस्तै नर्क जस्तो जीवन ।
छ महिना जेल बसेर फर्केको तीन महिनापछि हामीले एउटा अलि खुसीको खबर सुन्यौ– बजिरलाई पुलिसले समातेछ । त्यही बेला भाग्ने योजना बनाऔं । भाग्नका लागि हामीले कोठीमै सुत्न आउने एक जना भारती नागरिकलाई सहयोग गर्न अनुरोध गर्यौ । कोठीमै आउने भएपनि त्यो मान्छेले हामीलाई माया गर्थो । बेला बेला आईरहन्थ्यो । उसैले हामीलाई भाग्न सहयोग ग¥यो । राती उ उठेर बाहिर निस्कन लाग्दा घरवाली गेट खोल्न गई ।
त्यही मौकामा हामी बार्दलीमा निस्केर पालैपालो हाम फाल्यौ । चारैतिर अन्धकार थियो । एउटा खोंच जस्तो गल्ली । दायाँबाँया फोहोरै फोहोर । दलाल र पुलिसले भेट्ला भन्ने डर । ज्यानमा एकसरो लुगा भन्दा छैन । तैपनि हामी आँखै चिम्लेर दगु¥र्यौ ।
एउटा टेम्पो भेट्यौ । त्यहीवाट बस पार्क पुग्यौ । रात बसमै वसेर वितायौ । भोली पल्ट ड्राईभरको सहयोगमा नेपाल आईपुग्यौ । अहिले त नयाँ जिन्दगी पाए जस्तो लागेको छ । ति काला दिनहरु त सम्झँन पनि चाहन्नँ । र बिहे पनि गर्दिन ।
पुरुषका बारेमा मलाई सबै अनुभव छ । काठमाण्डौंको एक विद्यालयमा ६ कक्षामा पढ्दै छु । बिदेशमा बेचिने चेलीका बारेमा जनचेतना फैलाउने र चेली बच्ने जालीहरुलाई कारवाही गराउने एक मात्र मेरो उदेश्य छ । त्यही बजिरबिरुद्ध हामीले पहिलो पटक मुद्दा हालेका हौं । जसलाई १३७ बर्षको जेल सजाय भएको थियो तर जेलमा मरेछ ।,kavreonline.com