यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार रोचक घिमिरेलाई

  • प्रकाशित मिति: आइतबार, पुष २२ २०७५
  • तामाकोशी

मन्थली, पौष २२ गते । यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । साहित्यकार एवं वरिष्ठ समाजसेवी जददीश घिमिरेको स्मृतिमा स्थापना भएको ५० हजार रुपैयाँ राशिको सो पुरस्कार शनिबार मन्थलीमा आयोजित साहित्यिक कार्यक्रममा प्रदान गरिएको हो ।
मन्थली नगरपालिकाको प्रमुख आयोजना तथा जगदीश घिमिरे प्रतिष्ठानको सहआयोजनामा भएको जगदीश घिमिरे स्मृति पाँचौँ साहित्यिक सभामा मन्थली नगरपालिकाका प्रमुख रमेशकुममार बस्नेत तथा प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले संयुक्त रुपमा नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख बस्नेतले जगदीश घिमिरे प्रतिष्ठानसँग मिलेर मन्थली नगरपालिकाले कला साहित्य तथा साहित्यकारहरुको संरक्षणमा काम गर्ने बताए ।
सम्मानित व्यक्तित्व रोचक घिमिरेले जगदीशको सम्झनामा स्थापना गरिएको पुस्कार पाउँदा आँपmुलाई गवानुभूति भएको बताए ।
सोही कार्यक्रममा नेपाल प्राज्ञप्रतिष्ठानले प्रकाशन गरेको जगदीश घिमिरेका प्रतिनिधि कथासंग्रहको समेत विमोचन गरिएको थियो । सो कथासंग्रहको सम्पादन महेश प्रसाईँले गरेका थिए । कार्यक्रममा पूर्वप्राज्ञ मात्रिका पोखरेल, डा. ज्ञानु पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा काठमाडौँबाट आएका साहित्यकार तथा जिल्लाका साहित्यकारहरुले कविता बाचन गरेका थिए ।