पोखरा, पुस १६ । पोखराको पृथ्बीचोकमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् ।आफ्नो शरिरमा आफैंलाई आगो लगाएकी महिलालाई उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीका अनुसार आफैलाई जलाउन प्रयास गर्ने महिला भारत महाराष्टको नाराङगी भोजेने हुन् । उनको शरिरको ५० प्रतिशत भाग जलेको छ । पोखरामा एक भारतीय महिलाले आफैलाई आगो लगाएकी छन् ।
पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएकी हुन् । आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए । आगो लागेर घाइते भएकी ति महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । आगो के कारणले लगाईन भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । ति महिलाको पहिचान समेत खुलेको छैन् ।