तनहुँ /मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएकी बहिनीको अन्तिम संस्कारका लागि आएका दाजुको पनि निधन भएको छ बहिनीको दाहसंस्कारका लागि दमौली आएका ऋषिङ गाउँपालिका ७ दधिवनका भक्तबहादुर थापाको निधन भएको होदमौलीको अनसन चौतारा क्षेत्रमा हिँड्दै गरेका थापा बेहोस भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो ।
अस्पतालका चिकित्सकले उनको निधन भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।
शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी १८ वर्षिय प्रमिशाको ग ११ प ५५०२ नम्बरको मोटरसाइकलबाट खसेर मृत्यु भएपछि थापा उनको अन्तिम संस्कारका लागि आइतबार दमौली आएका थिए ।म्याग्दे गाउँपालिकाको निर्मलबस्तीमा दुर्घटनामा घाइते भई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएकी प्रमिशाको मणिपाल शिक्षण अस्पताल पोखरामा शनिबार राति निधन भएको थियो
दैव पनि कति निर्दयी ! बहिनिको मलामी जाद-जादै दाईको मृत्यु ,मलामिको रुवाबासि
- प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
- तामाकोशी