एका बिहानै कञ्चनपुर पुगेर आईजीपी खनालले गरे यस्तो चमत्कार : निर्मला पन्तका हत्यरा समातिदै

  • प्रकाशित मिति: सोमबार, पुष १६ २०७५
  • तामाकोशी

कञ्चनपुर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जोसुकै भए पनि कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।कञ्चनपुर आइपुगेका खनालले आइतबार नागरिक संघर्ष समितिका पदाधिकारीसँग छलफल गर्दै सो प्रतिबद्धता जनाएका हुन् । १३ वर्षीया बालिका निर्मलाको हत्या भएयता उनी दोस्रापटक आइतबार कञ्चनपुर आएका हुन् ।

पछिल्लो अवस्थाको स्थलगत अध्ययन
महानिरीक्षक खनालले निर्मला हत्याकाण्डको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा उनले अधिकारकर्मीलगायत आन्दोलनमा होमिएको नागरिक संघर्ष समितिका पदाधिकारीसँग छलफल गरे ।



खनालले निर्मला हत्याकाण्ड अनुसन्धानका लागि प्रहरीले हदैसम्म खटिएर काम गरिरहेको विश्वास दिलाए । ‘हामीले कुनै पनि पाटोबाट अनुसन्धान गर्न छाडेका छैनौँ,’ खनालले भने, ‘हामी अहोरात्र अनुसन्धानमै खटिएका छौँ, सबै पाटोबाट अनुसन्धान जारी छ ।’

शंकाको दायरामा आएका व्यक्ति साना वा ठूला किन नहुन्, सबैमाथि अनुसन्धान अघि बढाइएको उनले बताए । यो खबर नयाँ पत्रिका राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

‘हत्यारा जोसुकै किन नहुन्, अपराधमा संलग्न भएका छन् भने उनीहरूलाई कारबाही गरेरै छाड्छौँ,’ महानिरीक्षक खनालले भने, ‘अपराधमा संलग्न भएका व्यक्ति ठूलाबडा भन्ने म सोच्दै सोच्दिनँ, संलग्न सबै अपराधी नै हुन् ।’ खनालले प्रदीप रावल र विशाल चौधरीलाई यातना दिँदै नदिएको स्पष्ट पारे । ‘हामी टर्चर गर्दैनौँ,’ उनले भने, ‘विभिन्न विधि प्रयोग गरिएपछि केही नआए सोधपुछ मात्रै गर्छौं ।’