दोरम्बा, पौष १६ गते । रामेछापको दोरम्बा गाँउपालिका स्तरिय गैरसरकारी संस्था महासंघ समन्वय समिति चयन गरेको छ । आइतबार रामेछापको दोरम्बामा एक कार्यक्रमको आयोजना गरी तेजलाल योञ्जनको नेतृत्वमा दोरम्बा गाँउपालिका स्तरिय गैरसरकारी संस्था महासंघ समन्वय समिति चयन गरेको हो ।
अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजुराम पाठक, सचिव लिला तामाङ, सह सचिव अमर लाल मोक्तान चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुभद्र पाठक, भिम बहादुर पाठक, बुद्धवीर बस्याल, सीता गुरुङ र हिरामायाँ श्रेष्ठ रहेका छन् ।
दोरम्बा गाँउपालिकाको अध्यक्ष कमान सिह मोक्तानको प्रमुख अतिथ्यता र गैरसरकारी संस्था महासघ जिल्ला शाखा रामेछापको अध्यक्ष भुबन कुमार श्रेष्ठको विशेष अतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एव गाँउपालिका अध्यक्ष कमानसिह मोक्तानले दोरम्बा गाउँपालिका स्तरिय गैरसरकारी संंस्था महासघ समन्वय समिति निर्विरोध चयन भएकोमा सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको दोरम्बाबाट नोर्बु योञ्जनले तामाकोसी अनलाइनलाई जानकारी दिए ।
