मातृ शोकको पीडामै रहेका उनी विदेश भ्रमणको पूर्वयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रबि वड काठमाडौं आईसकेका छन् । नेपाल आइडल रबी ओडकी आमा बितेको केही दिनपछि रबी काठमाडौ पछी पहिलो कार्यक्रमको लागि जापान जान लागेका हुन् । जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन् । दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोलि जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजकले जनाएको छ ।
नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए । आफ्ना मनको व्यथा फेसबुकमा पोख्न थालेका छन् । जन्म दिने आमाको माया। अनी साथ नपाएका रबीले कर्म दिने आमाको माया पाइरहेका थिए ।सामान्य घरपरिवारमा हुर्केका रबी एपनिवान टेलिभिजनद्वारा आयोजित नेपाल आइडल सिजन २ मा सहभागी भए । रबीका शुभचिन्तकको मायाले रबी नेपाल आइडल बने र आमा बुवासंग शुसी साँट्ने सपनामा थिए । कर्मदिने आमासितको खुशी साँट्न नपाउँदै आमाको देहान्त भयो । भिडियो हेर्नुहोस