ट्याक्टर चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

रामेछाप । पौष १३ गते,
रामेछापमा सञ्चालित ट्याक्टरका चालक र सहचालकलाई शुक्रबार ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिईएको छ । सर्वसाधारणको स्वास्थ्य र आवतजावतलाई विशेष ध्यान दिएर सदरमुकाम मन्थलीमा नै उक्त प्रशिक्षण दिएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिए । ट्राफिक नियम विपरित ट्याक्टर हाँक्ने प्रवृत्तिलाई कम गर्न ट्याक्टरका चालक र सहचालकलाई प्रशिक्षण दिएको उनको भनाई छ । सदरमुकाम मन्थली बजार क्षेत्रमा तीव्र गतिमा ट्याक्टर चलाउदा विद्यार्थी, र अन्य सर्वसाधारणलाई बाटो काट्न अप्ठ्यारो हुनका साथै दुर्घटनाको सम्भावना समेट बढेको बजार बासीहरुको भनाई छ ।
ट्याक्टरले जथाभावी बालुवा गिटी नछोपी बोक्दा धुलोका कारण मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुग्ने गरेको गुनासो पटक पटा आउने गरेका छन् । यहि अवस्था रहे ट्याक्टरका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै सचेत गराउन प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भनाई छ । प्रशिक्षण मार्फत चालक र सहचालकलाई ट्राफिक नियम अनुसार सवारी चलाउन आग्रह गरिएकाले अटेर गरे कारवाही गर्ने ट्राफिक प्रहरीको तयारी छ । प्रशिक्षण्मा सहभागि रामेछापमा सञ्चालित ६२ वटा ट्याक्टरका १ सय २० चालक र सहचालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले प्रशिक्षण दिएका थिए ।