मलेसियामा रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले दुई नेपाली कामदारको मृत्यु भएपछि , घरमा भयो यस्तो रुवावासी .ल…..

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

मलेसिया, १३ पुस । मलेसियामा दुई जानको निधन भएको छ । मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको निधन भएको छ ।रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको ज्यान गएको हो । बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए ।

यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस भएका थिए । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले उज्यालोलाई जानकारी दिए ।मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।