पन्तका हत्यरा भनिएका प्रदीप र विशाल चौधरीले भने बलत्कार सरकारी तहका ठुलै मान्छेबाट भएको हो ! घुस दिएर घटना ढाकछोप गरेका छन् (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, पुष १३ २०७५
  • तामाकोशी

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् ।

सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए ।‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।