चित्र बहादुर के सी को खतरनाक खुलासा : राजनीति दलले चुरुफुरी गर्नै पर्दैन नेपालमा ज्ञानेन्द्रलाई राजा बनाउने मोदीको यस्तो छ योजना हेर्नुहोस(भिडियो) सनसनी खुलासा

  • प्रकाशित मिति: बिहिबार, पुष १२ २०७५
  • तामाकोशी

काठमाडौं, १३ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाउने सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

नेपालका राजनीतिक दलहरुको हविगतको कारण आफूले नेपालमा पूनः राजसंस्था व्युँतिने खतरा औंल्याएको उनले स्पष्ट पारे । उनले भने, “नेपालमा कतिपय अन्तर्राष्टिय शक्तिहरुले पनि नेपालमा हिन्दू राष्ट्र भनिरहेका छन् । त्यो हिन्दू राष्ट्र चलाउनको लागि पनि राजा चाहिने । यहाँ हिन्दू राष्ट्र बनाएर आफ्नो दुनो सोझ्याउनेहरुपनि छन त संसारमा ।” छिमेककै शासकहरुले नेपालमा हिन्दूराज्य चाहेको उनले गम्भिर आरोप लगाए ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राजसंस्था ल्याउन पहल गर्ने सम्भावना छ र ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,” लागे पुगे गर्छन् । नेपालमा फेरि पनि राजसंस्था ब्युँतिने सम्भावना छ । त्यो खतरा छ ।” दलहरुको क्रियाकलापले पनि जनताले बदला लिने खतरा छ ।

भाजपाले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था ल्याउन प्रयत्न गरेको उनको गम्भिर आरोप छ। उनले भने,”भाजपाले भारतमा गणतन्त्र हटाउन सक्दैन । हिन्दूराष्ट्र पनि हटाउन सक्दैन । कमसेकम नेपालमा उनीहरुको प्रयत्न रहन्छ । रहिराखेको छ ।”

आफू हालसालै देशभरि घुमेको बताउँदै उनले संघीयताले जनतालाई पिरोलेको पाएको पनि केसीले सुनाए । जनता संघीयताबाट उत्साहित नभएको उनको जिकिर छ । उनले सुनाए,”जनता अहिले निराश छन् । केन्द्र र प्रदेशबीचको लफडा, प्रदेश र स्थानी निकायबीचको लफडा, नबसेको, छोडेको र बेचलनमा भएको घरको पनि कर तिर्नुपर्ने अवस्था छ ।”