काठमाडौं। आजदेखि प्रतिनिधि सभाको बैठक सुरू हुँदैछ। तर नयाँ कुरा के छ भने अब संसदमा कुर्सी उचालेर हानाहान गर्न नमिल्ने भएको छ। नयाँ आएका कुर्सी हलचल नै गर्न नमिल्ने छन्। अबका कुर्सी दुई चारजनाले उचालेर उचालिने खालका छैनन्। बैठकमा कुर्सी हानाहान नहोस् भनेर नयाँ कर्सी व्यवस्था गरिएको छ।
२०७१ माघ ५ गते दोस्रो संविधान सभाका नियमित बैठक र बहस चल्दै गर्दा संसद हल एकाएक रणमैदान बनेको थियो। तत्कालीन माओवादी नेतृत्वको गठबन्धनका संसदहरूले कुर्सी, सोफा, माइक जे भेट्छन् उचाल, पछार गर्न उत्रिए पछि संसद बैठकमा भयंकर बबाल मच्चियो।
सांसदहरूले आफू बस्ने कुर्सी उचालेर तोडफोड मात्रै गरेनन्, तत्कालीन सभामुख सुभास नेम्वाङलाई लक्षित गर्दै आक्रमणको प्रयास पनि गरे। रोष्टम अगाडिको सुरक्षा घेरा तोड्ने क्रममा संसद हल कोलाहल र हानाहान गर्ने युद्ध मैदान जस्तै बनेको थियो।
तर अब कुर्सी हान्ने दिन गए। प्रतिनिधिसभा हलमा अब उक्काउन नमिल्ने कुर्सीको व्यवस्था गरिएको छ।यसअघि सांसदहरुले आफू बसेको कुर्सी नै उचालेर प्रहार गरेपछि संसद सचिवालयले संसद भवनमा सांसदहरु बस्ने कुर्सी र टुवल चलाउन नमिल्ने गरी जडान गरेको हो। कस्ता छन् संसदका नयाँ कुर्सी हेर्नुस् यो भिडियोः
https://youtu.be/0p7EgTDGB4E