आमासंगको अन्तिम भेट रवि ओडको मसानघाटमा !गरियो अन्तेष्टि , मन सम्हालेर हेर्नुहोस अन्तिम (भिडियो)

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

कैलाली- नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको हिजो बिहान करेन्ट लागेर मृत्यु भएको थियो । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको थियो ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए ।



नेपाल आइडल जित्नु अघि उनी आफ्नो घर पुगेको थिए जहाँ आफ्नी आमालाई भेटेर उनी भक्कानिएका थिए । रवि ओडले अब कहिले हेर्न पाउदैनन जीवित आमाको अनुहार ।
हेर्नुहोस यो अन्तिम भिडियो :