रवि ओडले रुदै यसरि दिए दागबत्ती ! यसरि गरे रवि ओड सहित दाजुभाईले आमाको अन्तिम सदगद (हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

कैलाली : नेपाल आइडल दोस्रो सिजनको उपाधि जितेर घर फर्किँदै गर्दा कञ्चनपुर कृष्णनगरस्थित घरमा आमा विष्नासहित गाउँका सानीआमा ठूलीआमाहरू रवि ओडलाई स्वागत गर्न घरबाहिर लहरै उभिएका थिए। घर पुगेका आमाहरूको फूलमाला र अबिर ग्रहण गरेपछि उनले विष्नालाई देखाउँदै भनेका थिए- ‘उहाँ चाहिँ मेरो मम्मी।’ रविकी आमा विष्ना हर्षका आँसु झारिरहेकी थिइन्। ‘जन्मदिने मम्मी अहिले हुनुहुन्न। उहाँले यति माया दिनुभयो, साथ दिनुभयो, सपोर्ट दिनुभयो कि मलाई अर्को ममीको पनि त्यति याद आउन्न’, यसो भनेर आमालाई अँगालो हाल्दा विष्नाका आँखाबाट खुसीका आँसु झरेका थिए।
नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए ।
यो पढ्नुहोस :
नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए ।