पापी दैवले लुट्याे रविको खुसि !! संसार छाेडेर गईन रवि कि सौतेनी आमाले

  • प्रकाशित मिति: बुधबार, पुष ११ २०७५
  • तामाकोशी

एक सातामात्र दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि वडकी आमाको निधन भएको छ । बुधबार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ । बुधवार बिहान करेन्ट लागेर ४५ वर्षीया बिष्णा वडको मृत्यु भएको हो ।

बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा वडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । बिष्णा रविको सौतेनी आमा हुन् । उनकी जन्म दिने आमाको भने यस अघि नै मृत्यु भइसकेको थियो ।