काठमाडौं, १० पुस । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गरेको छ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
उपत्यकामा‘पिक एण्ड ड्रप’ प्रणाली लागु भए संगै प्रहरी र यात्रु बीच झडप (भिडियोसहित)
- प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
- तामाकोशी