रामेछापमा झण्डै ६० प्रतिशत निजि घर बन्यो

  • प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
  • तामाकोशी

रामेछाप । पौष १० गते,
रामेछाप जिल्लामा भूकम्प गएको ३ बर्ष ८ महिनामा झण्डै २८ हजार निजि घर बनेका छन् । २०७२ बैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले क्षेति गरेको ४८ हजार ५ सय ८० घर मध्य २७ हजार ८ सय ४२ घर पुर्ण रुपमा निर्माण भै तेस्रो किस्ता लिएको जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजना रामेछापका प्रमुख कृष्णलाल पीयाले जानकारी दिए । कार्यालय प्रमुख पीयाका अनुसार हाल सम्म रामेछापमा झण्डै ६० प्रतिशत घरहरुले तेस्रो किस्ता बुझि सकेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले देशभर भूकम्पमा क्षति भएका ७७ प्रतिशत निजी घर निर्माण भैसकेको दावि गरिरहदा पुननिर्माणले गति लिएको भनिको रामेछाप जिल्लाको पुननिर्माण अवस्था सुस्ताएको देखिन्छ । जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजनाका अनुसार हाल सम्म जिल्लामा ४५ हजार २ सय ३४ घर बनाउन सम्झौता भएकोमा ४५ हजार २ सय ८ घरले पहिलो किस्ता , ३९ हजार ६५ घरले दोस्रो किस्ता बुझेका छन् । भने ३ हजार ३ सय ४६ घरहरुले पुननिर्माणका लागि अझै सम्झौता समेत गरेको छैन । २ नगरपालिका र ८ गाउँपालिका रहेको रामेछापमा विभिन्न बहानामा पुननिर्माणको कामलाई ढिलाई गरिएको गुनासोहरु आउने गरेको छ ।