गर्भवती महिलाले गरिन झुण्डिएर आत्महत्या ! जन्मियो भाग्यमानि बच्चा ,कस्तो छ बच्चाको स्वास्थ्या अवस्था

  • प्रकाशित मिति: मंगलबार, पुष १० २०७५
  • तामाकोशी

काठमाडौंं । भारतमा एक गर्भवती महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । तर, उनको गर्भ रहेको बच्चा भने आफैं जन्मिएको छ । भारत मध्य प्रदेशको कटनी जिल्लामा बिहीबारको आत्महत्याबाट लक्ष्मी सिंह नाम गरेकी गर्भवती महिलाको मृत्यु भएपछि जन्मिएको शिशु जीवित रहेको र अहिले शिशुको अवस्था राम्रो रहेको चिकित्सकहरुले जनाएका छन् । उनले पासो लगाएर आत्महत्या गरेकी हुन् ।

उनले आत्महत्या गर्नुको कारण नखुले पनि झुण्डिएको अवस्थामै शिशुको भने जन्म भएको भारतीय मिडियाले जनाएको छ । शिशुको नाभी नचुँडिएको देखेपछि परिवारका सदस्यले प्रहरी र अस्पतालमा सम्पर्क गरे । लगत्तै अस्पताल लगिएको थियो । चिकित्सकले तत्काल शिशुलाई आइसियूमा राखे, त्यसपछि बिस्तारै अवस्था सुधार हुँदै आएको बताइएको छ ।