काठमाडौँ, पुष ९ । नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता सुदुर पश्चिमका शान रवि ओड बनेका छन् । दर्शकहरुको सर्वाधिक भोट पाएर उनि नेपाल आइडल सिजन २ का बिजेता बनेका हुन् । फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन्।
यतिबेला देशभरी खुसियाली त् छदै छ । साथै रवि ओडका आफन्त पनि यतिबेला खुसि साटासाट गर्दै छन् । यतिबेला आईडल बिजेता रवी ओड आफ्नै गृहजिल्ला सुदूरपश्चिम पुगेका छन् । सुदूरपश्चिममा पुगे लगतै रविका सुभचिन्तक लगाएत धनगडीमा मुख्य मन्त्रीले गरे समेत भब्य स्वागत गरेका छन् ।
नेपाल आइडलको उपाधि जितिसकेपछि रवि ओडलाइ ग्रृह क्षेत्र धनगढीमा भब्य स्वागत गरिएकाे छ । प्रदेश सरकारले गर्ने स्वागत र सम्मान कार्यक्रममा सहभागि हुन धनगढी पुगेका रविलाइ विमानस्थलमा भब्य स्वागत गरिएकाे छ । रविलाइ स्वागत गर्न धनगढि आसपासका समर्थक, लगाएय धेरैको उपस्थित भएका थिए । रविलाई बिशेष सुरक्षाको साथमा विमानस्थलबाट लागिएको थियो ।
देशकै चर्चित सिंगिङ रियालिटि साे नेपाल आईडल बन्न सफल भएका रविलाई प्रदेश सरकारले भब्य स्वागत तथा सम्मानको कार्यक्रमक राखेको छ । उक्त कार्यक्रमको लागि रवि नेपाल आइडलको टीम सहित साेमबार बिहान रवि धनगढि प्रस्थान गरेका थिए । धनगढिकाे स्वागत र संम्मान कार्यक्रम पस्चात रवि साेमबार नै काठमाडौं फर्किने छन् । रवि केहि दिन पछी पुनः होम भिजिटका लागि आफ्नो गृह क्षेत्रमा जाने बताइएको छ ।
कार्यक्रममा बोल्दै रवि ओडले भने : ए पी वानको माताहतमा रहेर अब म आफ्नो सांगीतिक यात्राको गति बढाउदै लानेछु जसमा हजुरहरुको साथ् सहयोग मलाई सदैव चाहिनेछ । अबका केहिदिन पछी देश बिदेशमा हुने धेरै कार्यक्रममा सहभागिता जनाउने नयाँ अनुभव बटुल्ने समेतजानकारी दिनुभयो । जुन कुरा उनले आफै पनि भन्ने गरेका छन् । गहभरी आशु पार्दै यो तपाईहरुले दिएको न्यानो माया त्यो गुण म कहिले बिर्सिने छैन जसको म ऋणी छु म तिर्ने कोसिसमा रहने छु ।
हेर्नुहोस भिडियो :