रामेछाप । पुस ९ गते,
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकमा शिक्षा, स्वास्थ्य र कृषि तथा पशुस्वास्थ्यको आधारभूत सेवा प्रवाहमा नै समस्या देखिएको छ । सोमबार सो गाउँपालिकाको वाडा नं ५ नागदहमा भएको स्थानीय सभा बैठकका सहभागिले सो कुरा बताएका हुन् । बैठकमा स्वास्थ्य चौकी नागदहका फिरोज महसुरले राज्यले निशुल्क उपलब्ध गराउने ३५ थरि औषधि स्वास्थ्य चौकीमा नियमित गर्न नसकेको बताए । स्वास्थ्य चौकीमा निशुल्क उपलब्ध गराउनु पर्ने ३÷४ थरि औषधिहरु प्राय सक्किएर कुनै पनि महिना नियमित गर्न नकिएको बताए । 
गाउँपालिकाको स्वास्थ्य शाखामा समयमानै मागपत्र पेस गर्दा पनि औषधि आउन ढिलाई हुने गर्दा सेवा प्रवाहमा समस्या रहेको उनले बताए । सो वडामा रहेको वुद्धजनप्रीय माविका प्रअ राजुकुमार काप्mलेले विद्यालयमा शिक्षकको दर्वन्दिनै नहुँदा गुणस्तरीय शिक्षा प्रवाहमा समस्या भएको बताए । नागदहका पुर्वगाविस अध्यक्ष आशबहादुर तामाङले स्थानीय तह बनेदेखि कृषि र पशुका प्राविधिकलाई गाउँमानै नदेखेको गुनासो गरे । हुराडेक नेपाल दोलखाले सञ्चालन गरेको नागरिक समाज ः परास्पारिक जवाफदेहीता परियोजना अन्तर्गत बनेको सो स्थानीय सभामा बोल्दै वडाअध्यक्ष सोमबहादुर तामाङले यो समस्या आप्mनो वडाको मात्र नभई गाउँपालिकाका सबै वडाको समस्या देखिएकोले यस बारेमा गाउँकार्यपालिका बैठकमा आपूmले बारम्बार कुरा उठाउने गरेको बताए । राज्यले प्रवाह गर्ने आधारभूत सेवा प्रवाहमा समेत समस्या हुँदा आपूmहरुले निक्कै अप्ठेरो अनुभुत गरेको उनले बताए । नागरिकलाई राज्यले प्रवाह गर्ने आधारभूत सेवा प्रवाको बातावराण निर्माणको लागि स्थानीय सभाले पैरवीका कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।
रामेछापको नागदहमा आधारभुत सेवा प्रावहमानै समस्या
- प्रकाशित मिति: सोमबार, पुष ९ २०७५
- तामाकोशी