कांग्रेस पार्टीलाई धक्का – प्रचण्डलाई गाली गर्दै नराम्रो स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ

  • प्रकाशित मिति: सोमबार, पुष ९ २०७५
  • तामाकोशी

चितवन -सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेका छन् । उनले प्रचण्डबारे फेसबुकमा नराम्रो स्टाटस पोष्ट गरेका थिए । ‘ प्रचण्ड’ को मानमर्दन हुने गरी स्टाटस लेखेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले उजुरी गर्नेको परिचय खुलाएको छैन ।प्रचण्डबारेमा लेखिएको नराम्रो फेसबुक पोस्ट आफुहरुले पनि हेरेको जनाउँदै चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले अनुसन्धान भइरहेको बताएका छन् । सुबोध रिसोर्टका मालिक तथा कांग्रेसको भातृसंगठन तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत भइसकेका छन् । ओएस नेपालबाट साभार