जुम्लामा आज सबैको दाहसंस्कारः रोयो गाउँ
जुम्लामा हिजो साँझ पुर्याईएका सबै शवहरुको कसैले हिजो रातीनै त कसैले आज दाहसंकार गरेका छन् । गाउँवासीमा रुवावासीको कोलाहल छ अहिले साँझसम्म । गाउँका महिलाहरु आफ्ना छोरा, दाई र भाईलाई सम्झिँदै रोइरहेका थिए भने पु्रुषहरु सम्झाउने प्रत्यन गर्दै गहभरी आँशु पारेर शव बोकेर हिडिरहेका देखिन्थे ।
जुम्लाको चन्दनाथ नगरपालिकामा मात्रै ६ जना युवायुवतीले त्यस दुर्घटनामा परी ज्यान गुमाएका छन् । नगरपालिकाको वडा नम्बर १० का एउटै दाजुभाईका दुई छोराले ज्यान गुमाएका छन् । २२ वर्षीय रुपेश शाही र १९ वर्षीय रितेन्द्र शाहीको आज बिहान दुबै घरको आँगनमा शव राखेर परिवाजन डाको छाड्दै थिए ।
मृतकका आफन्त समेत रहेका स्थानीय शिक्षक धर्मेन्द्र देवकोटा भन्छन्–‘ माथि विमानस्थलबाट शव बुझेर ल्याएपछि गाउँमा कोलाहल मच्चिएको छ । मृतकका दुवै परिवार सामन्य परिवारका हुन् । दुबैजना प्राविधिक पढदै र उज्वल भविश्यको सपना देख्दै ४५ दिन अघि हिँडेका थिए अहिले शव बनेर आएका छन् ।’
उनले कर्णाली प्राविधिक क्म्यापसबाट नाम निकालेर जाने विद्यार्थीहरु मध्ये जनता मावि महत गाउँमा कुशुम रावललाई कक्षा ११ र १२ सम्म आफँैले पढाएको र तिहारपछि मात्र उनी दाङ पढ्न गएको बताए ।
कुशु्म दाङ पढ्न आएको डेढ महिना पनि भएको थिएन । डेढ महिनाअघि शुभसाइत पारेर बाबु–आमाको हातबाट निदारमा टिका थाप्दै हिडेकी उनी शनिबार साँझ निर्जिव ढुङ्गाजस्तै सेतो वस्त्रमा बेरिएर बाबुआमा र परिवार कहाँ आईन् ।
आँगनमा उनको शव धेरैबेर पनि रहन पाएन । उनकी आमा माया डाँको छाड्दै भन्दै थिइन्, मेरी छोरीलाई उतिखेरै भेरीखोलामा लगेर गए । कुशुमका बाबु हरिबहादुर रावल मन थामेर श्रीमतीलाई भुलाउँदै कुनो बार्दै थिए । उनको शव पख्र्यौली घर जुम्ला लगिएन । सुर्खेतमा पछि बनाएको घरमा लगेर अन्त्यिष्टि गरिएको र अहिले कुनो बार्न थालिएको बाबु हरिबहादुर रावलले बताए ।
उनलाई जस्तै कलिला मुनाजस्तै सन्तान गुमाएको पीडा जुम्लामा ११ परिवारमा छ । चन्दनाथ ३ का १७ वर्षीय हिक्मत बुढा, सोही नगरपालिका ३ का १६ वर्षीय देवीप्रसाद उपाध्याय, वडा नम्बर सोही स्थानकी १७ वर्षीया विपना खत्री, सोही जिल्ला रारालिखी १ का १९ वर्षीय जंगबहादुर बुढा, कनाकासुन्दर नगरपालिका १० का १९ वर्षीय वीरेन्द्र कन्दरा, चन्दनाथ १४ का १७ वर्षीय अर्जुन शाही, जितेन्द्र शाही, सोही नगरपालिका १० का २२ वर्षीय रुपेश शाही,हिमा गाउँपालिकाकी १७ वर्षीया शैलाजा शाहीको पनि सोही दुर्घनामा परी ज्यान गएको छ ।
शिक्षक देवकोटाका अनुसार उनीहरुमध्ये अधिकाँस जनता मावि महतगाउँका विद्यार्थी थिए ।