रामेछापको लिखु तामाकोसी कल्लेरीमा टिफरको ठक्करबाट एक जनाको ज्यान गयो

  • प्रकाशित मिति: आइतबार, पुष ८ २०७५
  • तामाकोशी

रामेछाप, पौष ८ गते ।
रामेछापको लिखु तामाकोसी गाँउपालिका वडा नं. ४ कल्लेरीमा टिफरको ठक्करबाट एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएको छ । आइतबार विहान १०ः४५ बजे बा ४ ख २४२५ नम्बरको टिफरको ठक्करबाट सोहि वडा कोटगाउका ४८ वर्षिय मैना तामाङको ज्यान गएको हो । गम्भिर घाइते कोटगाउकै ५५ वर्षिय रक्तमाया तामाङको उपचारको लागि सदरमुकाम मन्थली लगिएको छ ।
धोवि–सिरिसे खण्डको कल्लेरीमा गुडिरहेको टिफर एक्कासी अनियन्त्रित भई बाटोमा हिडिरहेको तामाङद्धोयलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता शेख अदालतले जानकारी दिनु भयो । ठक्कर दिने टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।