मुस्लिम समुदायमा मच्चियो खैलाबैला,अब गाई काटेर खादैनौ कसरी खानु ….

  • प्रकाशित मिति: शनिबार, पुष ७ २०७५
  • तामाकोशी

काठमाडौं। गाईको बारेमा सामाजिक संजालमा अहिले निक्कै धेरै वहस चलिरहेको बेलामा मुस्लिम समुदायका युवा लियाकत अलि र सामाजिक अभियानकर्ता तथा युवा संघ नेपाल जनकपुरका युवा नेता मोहम्मद रियाज साफीले भने नेपाली मुस्लिमहरुले कहिल्यै पनि गाईको मासु खान पाउनु पर्छ नभनेको कुरा बताएका छन्।
मुस्लिम समुदाय राष्ट्रीयताको सवालमा सबै भन्दा अगाडी रहेको बताउँदै उनीहरुले गाई नेपालको राष्ट्रीय जनावर भएकोले काटेर खान नसकिने कुरा फेसबुक मार्फत उल्लेख गरेका छन्।
मुस्लिम समुदायमा गाईको मासु खानु ठुलो कुरा होइन। तर गाई नेपालको राष्ट्रीय जनावर भएकोले राष्ट्रीयता प्रति बफादार नेपाली मुस्लिम समुदायले गाईहत्याको प्रतिबन्दलाई पालना गरिरहेको उनीहरु बताउँछन्।
नेपाली मुस्लिम हुनुमा गर्व भएको बताउँदै लियाकत अलि भन्छन्, ‘अन्तिम सम्म देशको लागि लडिरहने छु!’
उनीहरुले सामाजिक सद्भाव काय राख्न सबैलाई आह्वान पनि गरेका छन्।