सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
पञ्चाङ्ग
सूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल पुष ७ गते शनिबार नेपाल सम्बत ११३९ थिंल्लाथ्व,सन् २०१८ डिसेम्बर २२ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती १२ वजेर १२ मिनेटसम्म उप्रान्त कृष्ण पक्ष प्रतिपदा तिथि,मृगशिरा नक्षत्र राती १२ वजेर ३९ मिनेटसम्म उप्रान्त आद्र्रा नक्षत्र,शुभयोग,विष्टिकरण,आनन्दादियोग वज्र,सूर्य धनु राशीमा,चन्द्रमा अपरान्ह १ वजेर ११ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा । दक्षिण दिशाको यात्रा शुभ रहनेछ । काल पूर्व र पास पश्चिम दिशामा,यात्र र युद्धमा सम्मुख पार्नु हुदैन । काल दाहिने र पाश देब्रे शुभ मानिन्छ ।
मुहूर्त
राहुकालः–अशुभ विहान ९ वजेर २७ मिनेटबाट १० वजेर ४५ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–अपरान्ह १ वजेर २० मिनेटबाट २ वजेर ३७ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ६ वजेर ५२ मिनेटबाट ८ वजेर १० मिनेट सम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर १५ मिनेटबाट ८ वजेर ५६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ४२ मिनेटबाट मध्यान्ह १२ वजेर २३ मिनेटसम्म रहनेछ ।
दिन बार वेला
सूर्योदयबाट प्रातः ८ वजेर ९ मिनेटसम्म काल वेला,८ वजेर ९ मिनेटबाट ९ वजेर २७ मिनेटसम्म शुभ वेला,९ वजेर २७ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म रोग वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर २ मिनेटसम्म उद्वेग वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १९ मिनेटसम्म चर वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३७ मिनेटसम्म लाभ वेला,२ वजेर ३७ मिनेटबाट ३ वजेर ५४ मिनेटसम्म अमृत वेला र ३ वजेर ५४ मिनेटबाट सूर्यास्तसम्म काल वेला रहनेछ ।
रात्री बार वेला
सूर्यास्तबाट ६ वजेर ५४ मिनेटसम्म लाभ वेला,६ वजेर ५४ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म उद्वेग वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १९ मिनेटसम्म शुभ वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर १ मिनेटसम्म अमृत वेला,१२ वजेर १ मिनेटबाट १ वजेर ४४ मिनेटसम्म चर वेला,१ वजेर ४४ मिनेटबाट ३ वजेर २६ मिनेटसम्म रोग वेला,३ वजेर २६ मिनेटबाट ५ वजेर ९ मिनेटसम्म काल र ५ वजेर ९ मिनेटबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।
राशी
मेषः– काम गर्ने वातावरण सहज बन्दै जानेछ । मध्यान्ह पछिको समयले अझै साथ दिनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । साथी भाई इष्टमित्रको सहयोग सहानुभूति पनि मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा कार्यभार थपिनेछ । कला सहित्य तथा यान्त्रिक काममा रुची बढ्नेछ ।
वृषः– समयलाई बुझेर काम गर्नु होला । काम गर्न पूर्वान्ह जति सहज मध्यान्ह पछि समय हुनेछैन । अरुको भरमा मात्रै काम नगर्नु होला । लगनशिलि भई गरेका काम सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाइ काम गर्नु होला । पेशा परिवर्तनको चाहान बढ्नेछ । आफन्तका कारण विवाद फसिन सक्छ सचेत हुनुुहोला ।
मिथुनः–पूर्वान्हमा कुनै काम नगर्नु होला असफल भईनेछ । मध्यान्ह पछि समयले विस्तारै साथ दिनेछ । बाधा व्यवधान हट्दै जानेछन् । कार्य लगनशिलता बढ्नेछ । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ तर प्रयत्न गरेमा समाधान गर्न सकिने छ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । अनुशन्धनात्मक कार्यमा बढि सफलता मिल्नेछ ।
कर्कटः– प्रातःकालमा गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछिका कामबाट गुमाउने मात्रै होला । खर्चका शिर्षक बढ्ने छन् । व्यापारबाट मुनाफ हराउनेछ । राम्रा काममा भन्दा नराम्रा काम बढि हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । अनावस्यक विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । चोटपटकको भय देखिन्छ ।
सिंहः– समय अनुकुल छ भन्दा बढि हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट नाफा लिन सकिनेछ । आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । शत्रुहरु कमजोर बन्ने छन् । समयको सदुपयोग गर्नुहोला ।
कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्ने योजना बन्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।
तुलाः– काम गर्ने वातावरण अझै मिल्ने छैन । गलत चिन्तनको शिकार हुने सम्भावना देखिन्छ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।
वृश्चिकः– मध्यान्ह पूर्व गरेका अधिकाँश काम सफल हुनेछन् भने अपरान्हबाट काममा अवरोध आउने देखिन्छ । यात्रामा कठिनाई हुनेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यवसायिक गतिविध कम हुनेछन् । सम्पन्नोन्मुख काम पनि रोकिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । जोखिम मोलेर काम नगर्नु होला ।
धनुः– समस्या सँग खेली खेली कार्य सम्पादन गरिनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । विवादको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र व्यवहार गर्नुहोला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । हरेक क्षेत्रमा कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला ।
मकरः–विना सोच विचार कुनै पनि काममा हात नहाल्नुहोला । योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । साझेदारी काम नगर्नु होला । विवादबाट
टाढा बस्नु होला ।
कुम्भः– समस्याको पहिचान गरेर मात्रै काम अगाडि बढाउनु होला । भ्रममा नपरि काम गर्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिनेछ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । राज्य सँग सम्बन्धित काममा घाटा हुनेछ । भौतिक सुखानुभूति कम हुनेछ ।
मिनः– कुनै कुराको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । घर परिवारमा समस्या बढ्ने छन् । आफन्तबाट उचित सहयोग पाईने छैन । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट समोचित लाभ लिन सकिने छैन । पढाई र सन्तानको विषयलाई लिएर सन्तोष लिन पाईने छैन । लगानी नबढाउनु होला । नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।