काठमाडौं ६ पौष – आज सम्पन्न भएको एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को विजेताको ताज रवि ओडले पहिरिएका छन् । फाइनलसम्म पुग्दा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए । चौथो भएकी अस्मिता अधिकारीले होन्डाको तर्फबाट स्कुटर पाएकी छिन् । तेस्रो स्थान सुमित पाठकले हाशिल गरेका छन्उ साथमा उनले १२ लाख नगद पाएका छन् भने दोस्रो स्थानमा रहेका विक्रम बरालले २० लाख नगद पाएका छन् भने पहिलो स्थान हाशिल गरेका रवि ओडले होण्डाको गाडी र नगद २२ लाख प्राप्त गरेका छन् । यो जित एक्लै रवि ओडको मात्रै नभएर ३ करोड नेपालीको हो । खुसीका आशु बगाउदै रविले मन्चबाटै भने मलाई यहासम्म पुर्याउने हात तपाईहरुको हो । यो हजुरहरुकै भोट हो जसले गर्दा आईडल चुम्न सफल भएको छ । सायद तपाईहरुको हात थिएँ भने म यो ताज पहिरन पाउन थिएँ होला । यो जित मेरो हों मलाई जन्म दिने स्व्रगिय आमा,कर्म दिने आमावुवा साथीभाई,शुभचिन्तक,दर्शक तथा आम नेपालि लोक गित संगीत पारखीहरुको हो । जर्ज लगाएत म संग प्रतिप्रधि सवैको हो । जसले गर्दा म यहासम्म आईपुगेको छु ।
नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य हुन् । जजमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा छन् । फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको थियो ।
को हुन नेपाल आइडल रवि ओड ?
धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए । नेपाल आइडलको दोस्रो संस्करणमा टप फोरको सूचीमा सुदूरपश्चिमबाट एक जना मात्रै प्रतिस्पर्धी थिए, रवि ओड । रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन् । शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन् । सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे । विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे । ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको थियो ।’
भावुक हुँदै उनले भने यो सबैको जित हो । आगामी दिनमा तपाईंहरुको मन जित्ने काम गर्ने छु । जिताउन सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।