काठमाडौँ, पुष ६ । नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ का बिजेता सुदुर पश्चिमका शान रवि ओड बनेका छन् । दर्शकहरुको सर्वाधिक भोट पाएर उनि नेपाल आइडल सिजन २ का बिजेता बनेका हुन् । फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन्।
नेपाल आइडल सिजन २ को ग्रान्ड फिनाले पुल्चोकमा भैरहेको छ । साथै युट्युबमार्फत पनि प्रत्यक्ष प्रशारण गरिएको छ । गत साउन २४ गतेबाट सुरु भएको नेपाल आइडल सिजन २ मा टप ४ प्रतिस्पर्धीहरु नै फाइनलमा लगिएको हो। सिजन वानमा भने टप ३ प्रतियोगीलाई मात्रै फाइनलमा लागिएको थियो । त्यस्तै नेपाल आइडल सिजन वानको फिनाले कतारमा बह्येको थियो भने सिजन २ भने फिनाले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा भएको हो ।