नेपाल आईडल सिजन २ का बिजेता बने सुदूरपश्चिमका सान रवी ओड – खुसीका आशु खसाल्दै रविले मन्चबाटै दिए धन्याबाद

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

काठमाडौँ –नेपाल आइडल २ को फाईनल सम्पन्न भएको छ । आज साँझ नेपालमा पछिल्लो समय चर्चित नेपाली सिंगिङ रियालिटी शो नेपाल आइडल २ को फाईनल भिडन्त भएको हो। यसअघि पहिलो सिजन कतारमा भएको थियो । यस पटक भने फाईनल भिडन्त नेपालमै समप्प्न्न भएको छ । कतारमा हुँदा धेरै दर्शकहरुले कार्यक्रम हेर्न नपाएको गुनासो व्यक्त गरेका थिए । बेलुकी ६ बजेबाट सुरु भएको कार्यक्रम ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा सम्पन्न भएको छ ।

फाईनलमा पोखराका बिक्रम बराल ,झापाका सुमित पाठक, अस्मिता अधिकारी र धनगढीका रवि ओड गरी चार जना फाईनलमा पुगेका थिए । कार्यक्रमको एपीवान एचडीबाट पनि प्रत्यक्ष प्रसारण बहेको थिओ । चार प्रतिस्पर्धीमध्ये कसले नेपाल आईडल सिजन २ को उपाधी जित्ला भन्ने चौतर्फी र चर्चा र उत्सुकताकाबीच फाईनलको प्रतिक्षा धेरैले गरिरहेका थिए । अनन्त नेपाल आईडल २ का बिजेता बने रवी ओड । बधाई अनि शुभकामना रवी !!