सिन्धुलीको हरिहरपुरगढीमा घुम्ती शिविरबाट नागरिकता बितरण

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

सिन्धुली । पौष ६ गते,
नेपाल नागरिकता ऐन, २०६३ को दफा २२ र नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्य संचालन निर्दे्शिका, २०७० बमोजिम नागरिकता प्रमाणपत्र वितरण कार्यलाई सरल र सहज बनाउन तथा जिल्लाको दुर्गम क्षेत्रका नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले २०७५ पौष ०२ देखि २०७५ पौष ०४ गते हरिहरपुरगढि गाउँपालिकाको समन्वयमा झनभनेमा एकीकृत घुम्ती शिविर संचालन गरेको छ । नागरिकलाई स्थानीय स्तरमै सेवा दिने उद्धेश्यले संचानलन भएको ३ दिने घुम्ती शिविरमा नागरिकता वितरण गर्नुको साथै फोटो सहितको मतदाता नामावली समेत संकलन गरेको छ ।