रामेछाप, पौष ४ गते ।
लिखु तामाकोसी गाउपालिका वडा नं. ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहरा माथि लागेको आरोप मिथ्या भएको पुष्टी भएको छ । उपभोक्ता समितिनै गठन नगरी सडक खनेर भ्रष्टचार गरेको आरोपमा उजुरी दर्ता भएकोमा वडाध्यक्ष बोहराद्धारा जिल्ला प्रशासनमा सम्पुर्ण विवरण पेश गरेपछि आरोप झुठ्ठा सावित भएको हो ।
लिखु तामाकोसी गाउपालिका वडा नं. ७ तिल्पुङको सिँदुरे डाँडा छाँगा भलाटार सडक निर्माणको लागि ४० लाख रुपैँया छुटयाएको योजना उपभोक्ता समिति नै गठन नगरी मनोमानि गरेको बडाध्यक्षमाथि आरोप लागेको थियो ।
वडा अध्यक्ष सुवास बोहराले गाउका केहि ब्यक्तिहरुले उपभोक्ता समितिको अध्यक्ष बन्न नपाएर आफु विरद्ध झुठ्ठा आरोप लगाएको बताए । उनले भने “ सडकको काम असफल बनाउन अनेक गतिविधि रचि आफुविरुद्ध विभिन्न षढ्यन्त्र गरिरहेका छन्” ।
उजुरी मिथ्या भएको पुष्टि भएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सडक खन्ने काम सुचारु गर्न निर्देशन दिनु भएको छ भने सडक खन्ने काम सुचारु भएको छ ।
