२–२ रुपैयाँले घट्यो – पेट्रोल र डिजेलको मूल्य

  • प्रकाशित मिति: मंगलबार, पुष ३ २०७५
  • तामाकोशी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २/२ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो । 

मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादवसँगकोे छलफलपछि मूल्य घटाइएको हो ।



भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएको थियो । खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्राेलियम पदार्थकाे मूल्य समायोजन गरेको हो । आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउने गर्छ ।