लुम्बिनी । लापरबाही गरि सवारीसाधन चलाउँदा रुपन्देहीमा ट्यांकरले किच्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सिद्धार्थ नगरपालिका १३ बस्ने ५५ बर्षीय धनप्रसाद थारु रहेका छन् ।
निजले साईकलमा यात्रा गरिरहेको बेला लु.१ ख.६४२० नं. को ट्यांकरले किचे पछि घटनास्थलमै मृत्यु भएको हो ।
लुसानपा ७ बस्ने ट्यांकर चालक राजकुमार यादव र ट्यांकरलाई प्रहरीले नियन्त्रणमा राखी आवश्यक कारबाही अघि बढाइएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए ।
मृतक थारुलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ ।