रुघाखोकी लागेको बेला यौनसम्पर्क गर्दा यति धेरै खतरनाक – पढ्नुहोस

  • प्रकाशित मिति: मंगलबार, पुष ३ २०७५
  • तामाकोशी

एजेन्सी, । यौन पार्टनरलाई कुनै फ्लुले सताइरहेको छ तर तपाईं यौन सम्पर्क गर्ने मूडमा हुनुहुन्छ भने त्यो बेला सम्पर्क गर्नु ठीक होला कि नहोला भनेर अमेरिकाको एक विश्वविद्यालयले अध्ययन गरेको छ । जानौं सो अध्ययनको निचोड: यौन सम्पर्कका क्रममा रुघाखोकीको संक्रमण फैलन्छ वा फैलदैन् यो जान्नका लागि सबैभन्दा पहिला फ्लुको भाइरस कसरी फैलन्छ भन्ने बारेमा जान्न जरुरी छ । फ्लुका भाइरस श्वासको सानो भन्दा सानो थोपा वा हिस्साबाट पनि सर्ने गर्छ । यो हिस्सा वा थोपा श्वास लिने क्रममा, हाछ्र्यौ गर्दा, किस गर्ने क्रममा तथा यहाँ सम्मकी हात मिलाउँदा समेत फैलन सक्छ ।

कति समयमा फैलिसक्छ भाइरस :



फ्लोरिडाको यूरोलोजिष्ट तथा सेक्सुअल हेल्थ एक्सपर्ट डा. बम्हा भट्टका अनुसार श्वास सम्बन्धी सानो थोपा वा अंश जसमा फ्लुको भाइरस रहेका हुन्छन् । ती भाइरस काउण्टरमा २४ घण्टासम्म, हातमा १५ देखि ३० मिनेटसम्म तथा सुत्ने बिस्तरामा १ देखि २ घण्टासम्म जीवित रहन सक्छन् ।

यौनसम्पर्क गर्न हुन्छ वा हुँदैन :

अमेरिकाको बोस्टन यूर्निभरसिटीका एमडीका अनुसार सामान्य नियम मान्ने हो भने पनि रुघाखोकी वा यस्तै कुनै फ्लुबाट ग्रसित व्यक्ति भन्दा करिब ६ फिट पर बसेको राम्रो हो । यसकारण यदि संक्रमणको जोखिमबाट बच्ने हो भने यस्ता व्यक्तिसँग यौनसम्पर्क नगरेकै राम्रो हुन्छ ।

संक्रमणको जोखिम उच्च :

यदि यौन सम्पर्कका क्रममा तपार्इंको पार्टनर खोक्छ या हाछ्यू गर्छ भने फ्लु सर्ने संभावना अति नै धेरै हुन्छ । यस्तो अवस्थामा तपार्इंलाई नचाहेर पनि फ्लुले आक्रमण गर्छ । यसकारण यस्तो अवस्थामा आफूलाई कन्ट्रोल गर्दै पाटर्नर पूर्ण रुपमा स्वस्थ हुने समय कुर्नु नै उत्तम हुन्छ।

मुुख मैथुन विकल्प :

यदि तपाईंको पार्टनर फ्लुबाट ग्रसित छ भने सो दौरान पार्टनरसँग इन्टिमेट हुने सबैभन्दा उत्तम उपाय भनेको मुख मैथुन हो । किनभने मुख मैथुनका क्रममा दुवै जनाको मुखसँग मुखको सिधा सम्पर्क भएको हुँदैन् र फ्लु सर्ने सभावना निकै कम हुन्छ ।