काठमाडाैं : नेपाल आईडल सिजन २ को उपाधी विक्रम बरालले जित्ने ज्योतिषको भविश्यवाणी रहेको छ । नेपालमा विभिन्न समयमा ज्योतिषहरुले भविश्यवाणी गरेको कुरा कुनै नौलो विषय होइन तर यस प्रकारका कतिपय भविष्यवाणीहरु सत्य हुने गरेका छन् ।
पछिल्लो समय नेपालमा धेरै चर्चामा रहेको गायन प्रतियोगिता ‘नेपाल आईडल सिजन २’को भविष्यवाणीसमेत बाहीर आएको छ । यस विषयमा ज्योतिष खगेन्द्र खनालले नेपाल आईडल सिजन २को उपाधि पोखराका विक्रम बरालले जित्ने भविष्यवाणी गरेका छन् ।
फाईनलका लागी उत्कृष्ट ४मा रहेका विक्रम बराल,धनगडीका रवि ओड र झापाका सुमित पाठक तथा अस्मिता अधिकारी मध्ये विक्रमले आईडलको उपाधी जित्ने ज्योतिष खनालको भनाई छ ।
खनालले ग्रह,गोचर तथा गायकीलाई हेर्दा विक्रमनै उपाधी विजेता हुने दावी गरे । ज्योतिष खनालले प्रतियोगीतामा झापाकी अस्मिता अधिकारी दोश्रो,सुमित पाठक तेश्रो र धनगढीका रवि ओड चौँथो हुने भविष्यवाणी गरेका छन् । अब को बन्छ दोश्रो नेपाल आईडल रु त्यो भने ग्राण्ड फिनाले सम्म पर्खन जरुरी छ । नेपाल ट्रेनिङबाट साभार