द भ्वाइस नेपालको फाईनल आज : स्टेज चढ्नु अघि ट्यालेन्ट्सलाई तनाव ?

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २८ २०७५
  • तामाकोशी

दोहा, कतार । नेपालको चर्चित टिभी रियालिटी शो द भ्वाइस अफ नेपालको फाइनल प्रतिस्पर्धा आज शुक्रबार केहीबेरमा कतारको दोहामा हुँदैछ।

द भ्वाइस अफ नेपालको पहिलो उपाधी कसले जित्ने अबका केही घण्टामा टुंगो लाग्नेछ। फाइनलमा पुगेका चारजना फाइनलिस्टको मात्रै हैन चारैजना कोचहरूको पनि फाइनल नतिजाका लागि उत्सुकता र आकांक्षा चुलिएको छ।



फाइनलका लागि सबै तयारी बिहीबार राती सकिएको छ। टप-४ प्रतिस्पर्धी आज यहाँको फाइनल मञ्चमा अन्तिम प्रस्तुती दिने तयारीमा व्यस्त छन्। उनीहरूसहित कतार आएका २४ जना द भ्वाइसका ट्यालेन्ट्सले फाइनलमा स्टेज तताउने तयारी गरेका छन्।

आजको फाइनलमा चारजना फाइनलिष्टसँगै कोचहरूले पनि गाउनेछन्। ट्यालेन्ट्सले आफ्नो कोचसँग र बेग्लै एक गीत प्रस्तुत गर्नेछन्।

शुक्रबार प्रमोद खरेल कतार आइपुगेसँगै सबै कोचहरू यहाँ आइपुगेका छन् र उनीहरू पनि अन्तिम प्रतिस्पर्धाका लागि तयारीमा जुटेका छन्। पाहुना कलाकारको रूपमा धुर्मुस सुन्तली पनि हिजो बिहीबार नै कतार आाइपुगेका छन्।

आजको फाइनलमा कोच दिपबाट सिडि बिजय अधिकार, कोच प्रमोदबाट सिर्जय थपलिया, कोच अभयाबाट कुशल आचार्य र कोच सनुपबाट सप्तक दुतराज फाइनलमा भिड्दैछन्। प्रतिस्पर्धीबीच द भ्वाइसको ताज हातपार्ने होड एकातिर छ भने कोचहरूबीच पनि आफ्नो टिम सदस्यलाई विजयी बनाउने रस्साकस्सी उस्तै वेजोड देखिन्छन।

स्टेजमा जानु अगाडि टप-४ ट्यालेन्ट्सहरू सिडी विजय, सिर्जय, कुशल र सप्तकसँग डिसी नेपालले संक्षेपमा कुराकानी गरेको छ। स्टेज चढ्नु अगाडि गरिएको एक्सक्लुसिभ संवाद हेर्नुस्ः