आज साँझ नुवाकोटमा मिनी ट्रक दुर्घटना हुदाँ गयो १६ जनाको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २८ २०७५
  • तामाकोशी

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

गाडीमा ४० जना यात्रु रहेको बताइएको छ । गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिनुभयो ।